अर्घाँखाची जिल्ला, शितगंगा नगरपालिका वडा नं ६ मा संचालित आधारभूत विद्यालयमा पढाउँदै आएको राहत प्रा वि दरबन्दीका शिक्षक हुमाकान्त बेल्बासेले आफुले पढाइ आएको विद्यालयका आफूले कक्षा ५ सम्मका सम्पूर्ण ५५ जना विद्यार्थीहरूलाई पोसाक उपलब्ध गराएका छन् उनी शिक्षक सेवा आयोगको खुल्ला प्रतिस्पर्धात्मक परीक्षाबाट मा वि दरबन्दीमा नाम निकाली स्थायी नियुक्ति लिएको खुशी बाँड्दै पोसाक उपलब्ध गराएका हुन्
उनी भन्छन्, “केही वर्षअघि माध्यमिक तहको राहत शिक्षकका लागि डेढ लाख खुवाउन तयार भएको थिएँ, हुन्छ नै भन्ने भएको भए सायद त्योभन्दा धेरै पनि दिइन्थ्यो होला । अहिले स्थायी नियुक्ति लिँदा अलिकति सहयोग किन नगर्ने !”
गुल्मी जिल्लाको रेसुंगा नगरपालिका–३ बेहोरेस्थित पृथ्वी प्राथिमक विद्यालयमा सबै ५ जना शिक्षक र एक जना कार्यालय सहयोगी महिला छन् । २०४५ सालमा स्थापित विद्यालयमा दुई वर्षदेखि विष्णुमाया पोखरेल प्रधानाध्यापक छिन् । त्यहाँ ३ जना स्थायी दरबन्दी, एक जना बालविकास शिक्षक र एक जना शिक्षक र कार्यालय सहयोगी निजी स्रोतका छन् ।
विद्यालय व्यवस्थापन समितिले हरेक कुरामा सहयोग गरेकाले सजिलो भएको प्रधानाध्यापक पोखरेलले बताइन् ।
विद्यालयमा हाल ३८ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतमान कुँवरले शैक्षिक गुणस्तरमा आफ्नो विद्यलायले निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने बताए । ‘शिक्षकहरुले आमाको भूमिका निभाएर पठनपाठन गर्नुभएको छ’, उनले भने विद्यार्थी गाउँमै राख्न र राम्रो शिक्षा प्रदान गर्न लागि परेपनि बसाइँसराइले गर्दा गाउँमा बस्नेहरु घट्दै गएको खत्रीले बताए ।
विस्तृत पढ्नुहोस्तराईमा सरुवा गर्नु भनेकाे फलामकाे चना चपाउनु जस्तै हाे जुन सजिलाे छैन
पूरा पढ्नुहोस्सर्लाही जिल्लामा अनिवार्य अवकाश हुने शिक्षकको नामावली
राष्ट्रिय किताबखाना (शिक्षक) ले अनिवार्य अवकाश हुने शिक्षकको नामावली सार्वजनिक गरेकाे छ। किताबखानाले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइमा विवरण पठाएसँगै ६० वर्ष उमेरहद पुरा गरेका शिक्षककाे नामावली सार्वजनिक गरेकाे हाे। किताबखानाले शिक्षा नियमावली २०५९, (संशोधनसहित) नियम १२६ उपनियम (घ) बमोजिम सम्बन्धित जिल्लाअन्तर्गत सामुदायिक विद्यालयमा २०८० माघ १ गतेदेखि २०८१ असार मसान्तसम्म अनिवार्य अवकाश हुने शिक्षकको विवरण उल्लेख गरेकाे छ।शिक्षा तथा मानवस्रोत विकास केन्द्रले देशभर चार हजार ३२५ शिक्षक दरबन्दी रिक्त रहेको यश अघि नै जानकारी दिइसकेको छ।
केन्द्रले सूचना जारी गर्दै २०८० चैत मसान्तसम्म देशभर प्रावि, निमावि र माविमा गरि उक्त दरबन्दी रिक्त रहेको जनाएको हो। केन्द्रले रिक्त दरबन्दीकाे विवरण एकिन गर्न ७७ वटै जिल्ला शिक्षा विकास तथा समन्वय एकाईलाई निर्देशन समेत दिएकाे छ।
पूरै जिल्लाको विवरण हेर्नुहोस् »Click here
शमसेर पुलामी । नागरिक भनेको कुनै राज्यको निश्चित भौगलिक क्षेत्रभित्र स्थायी बसोबास गर्ने अधिकार र कर्तव्यद्वारा राज्यसँग सम्बन्धित भएको राज्य वा समाजको एक अभिन्न सदस्य हो । नागरिक जसले कुनै राज्यको पहिचान बोकेको हुन्छ । नागरिक भएवापत उसले राज्यबाट नागरिकता प्राप्त गरेको हुन्छ । त्यो नागरिकता उसको राष्ट्रिय पहिचान दिने राष्ट्रिय परिचयपत्र हो तर त्यस नागरिकताले उसको तीन पुस्ते परिचय खुलाउने मात्र … Read More
विद्यालय सुधार योजना निर्माण समिति :
डिमजनता मा.वि. लाई के वनाउने कस्तो थलो वनाउने ? के कस्तो जनशक्ति उत्पादन गर्ने भन्ने कोणवाट जाँचिनु र नापिनु पर्दछ । सोही नाप अनुसारको नक्शाङ्कनसहित भावि योजना निर्माण गरिनुपर्दछ । योजना निर्माण गर्नुले आधा कार्य पुरा हुन्छ भन्ने आशयले हामी योजना निर्माणको प्रकृयामा एकपछि अर्को गर्दै आएका छौ । विद्यालय सुधार योजनाको दीर्घकालिन भिजनअनुसार आ.व.२0७९–२0८३ मा निम्न नारा र प्रतिबद्घता सहितको यस विद्यालयको भावि लक्ष्य निर्धारण गरिएकोछ ।
प्रविधि मैत्री शिक्षा, हामी सबैको इच्छा भन्ने कुरा आत्मशात गर्दै अघि बढ्ने,ा…
बिगत बर्षदेखि नै चर्चाको विषय बनेको पेन्शन व्यवस्था हाल आएर सँघीय शिक्षा एेनले यो विषय पुन: ब्युँझाएको छ । प्रस्तावित शिक्षा सँघीय शिक्षा एेनको मस्यौदामा २०७५ चैत ४ पछिका स्थायी शिक्षकहरुको पेन्शनको दायित्व सँघीय सरकारले नब्यहोरी स्थानीय सरकारलाई जिम्मा दिने प्रावधानले शिक्षकहरुलाई पेन्सनबाट बञ्चित गराउन लागेको भन्दै देशभरीका स्थायी शिक्षकहरू पेन्सन पाउनुपर्ने माग लिएर काठमाडौंस्थित दरवार हाइस्कुलमा भेला भएका छन् । उनीहरुले २०७५ चैत ४ पछि हालसम्मका सबै स्थायी शिक्षकहरुलाइ साविक बमोजिमकै पेन्सनको निरन्तरता हुनुपर्ने, नपुग सेवा अवधि जोडिनु पर्ने उनीहरुको प्रमुख माग रहेकाछन् सँघीय गणतन्त्र नेपालको पहिलो संबिधान २०७२ ले माध्यमिक तहसम्मको शिक्षाको अधिकार पालिका सरकारलाई सुम्पिएपछि विद्यालय संचालनमात्र हैन दायित्व बहनको समेत व्यवस्था मिलाउन सरकारले एेन ल्याउन लागिएको देखिन्छ । । …
पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलको शिक्षा नीति ।
Just Joke व्यर्थमन्त्रीको बजेट भाषण
Class-12 : Education & Development